मकवानपुर। जेनजी आन्दोलनको क्रममा क्षति पुगेको इलाका प्रहरी कार्यालय नेवारपानीलाई गस्ती कार्य सहज बनाउन मोटरसाइकल उपलब्ध गराइएको छ।
हेटौंडा उपमहानगरपालिका–१९ का वडाध्यक्ष नरनाथ सुवेदीले शुक्रबार बा।प्र।०३–००१ प ०५१४ नं.को १५० सि.सि. क्षमताको पल्सर मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
२४ भदौमा आन्दोलनकारीले तोडफोड तथा आगजनी गर्दा इलाका प्रहरी कार्यालय नेवारपानी र प्रहरी चौकी लेवट बसामाडीका भवन तथा सवारीसाधनमा क्षति पुगेको थियो । स्थानीय भद्रभलाद्मीको सहयोगमा मर्मत तथा रंगरोगन पूरा भएको र सवारीसाधनको अभावमा मोटरसाइकल सहयोग गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी सेवामा निरन्तरता दिन र स्थानीय नागरिकमा सुरक्षाप्रतिको विश्वास कायम राख्न यसले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस्















