नेवारपानी प्रहरीलाई मोटरसाइकल सहयोग

मकवानपुर। जेनजी आन्दोलनको क्रममा क्षति पुगेको इलाका प्रहरी कार्यालय नेवारपानीलाई गस्ती कार्य सहज बनाउन मोटरसाइकल उपलब्ध गराइएको छ।

हेटौंडा उपमहानगरपालिका–१९ का वडाध्यक्ष नरनाथ सुवेदीले शुक्रबार बा।प्र।०३–००१ प ०५१४ नं.को १५० सि.सि. क्षमताको पल्सर मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

२४ भदौमा आन्दोलनकारीले तोडफोड तथा आगजनी गर्दा इलाका प्रहरी कार्यालय नेवारपानी र प्रहरी चौकी लेवट बसामाडीका भवन तथा सवारीसाधनमा क्षति पुगेको थियो । स्थानीय भद्रभलाद्मीको सहयोगमा मर्मत तथा रंगरोगन पूरा भएको र सवारीसाधनको अभावमा मोटरसाइकल सहयोग गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी सेवामा निरन्तरता दिन र स्थानीय नागरिकमा सुरक्षाप्रतिको विश्वास कायम राख्न यसले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.