मनहरीमा १०९ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुर । मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम सडकखण्डबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले बुधबार बिहान करिब ४:३० बजे चितवनबाट हेटौंडातर्फ आउँदै गरेको पिकअप गाडी रोकी चेकजाँच गर्दा १०९.०९६ किलोग्राम गाँजा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बा.प्र.०१–०२६ च ४८९३ नम्बरको योद्धा पिकअप गाडीको पछाडि त्रिपालले छोपी लुकाई–छिपाई राखिएको प्लास्टिकले बेरिएको १५ पोका गाँजा बरामद गरिएको हो।

घटनामा संलग्न रहेका गाडी चालक धादिङको गजुरी नगरपालिका–७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ र गाडीमा सवार १९ वर्षीय ईरोज तामाङलाई नियन्त्रणमा लिइएको छ। दुवै जनालाई गाडी सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.