बेईमानीका विरुद्ध कदम चाल्न खुट्टा नकमाउनुहोस्: प्रदेश प्रमुख देवकोटा

हेटौँडा बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले बेईमानीका बिरुद्धको कदमचाल्ने कुरामा खुट्टा नकमाउन पनि आग्रह गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा हेटौंडा स्थित कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले ठुला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा अख्तियारले हातहाल्न हिचकिचाउँछ भन्ने आरोपहरुलाइ खण्डन गरेर काम गर्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख देवकोटाले आफ्नो अख्तियारीलाई दुरूपयोग गरी देश, जनता र सुशासनको बिरूद्व नैतिकता र कानुनबिपरित जाने जो कोहिलाई सुक्ष्म अनुसन्धान र निष्पक्ष कारवाही प्रकृयामा अघि बढाउनुपर्ने बताए ।

यसैगरी कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले देश विकासको आधारनै भ्रष्टचार रहित सरकार भएको बताए ।

स्थापना दिवसको अवसरमा कार्यालयले अख्तियार सेवा पुरस्कारबाट ४ जना कर्मचारीलाई नगद सहित सम्मान गरेका थिए । सम्मान हुनेमा कार्यालयमा कार्यरत शाखा अधिकृत इन्द्रप्रसाद भट्टराई, नायव सुब्बा यमुना बस्नेत, प्रहरी निरीक्षक स्वागत पोखरेल र सहायक प्रहरी निरीक्षक वीरेन्द्र कार्की रहेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव महादेव पन्थ , अख्तियारका कार्यालय प्रमुख उमाकान्त आचार्य, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.