काठमाडौँ । सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा गणेश ठाडा मगर सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा सिफारिस गरेको हो।
सिफारिसको निर्णय काठमाडौंमा भएको हो । बढुवाको प्रतिस्पर्धामा उनीसहित डीआईजीहरू क्रमश: कमल गिरी, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायत थिए ।
गत २ वैशाखको राति १२ बजेतिर एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाशमा गएका थिए । सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गए ।
प्रतिकृया दिनुहोस्

















