सौराहामा चैनपुर जेसीजको बैठक व्यवस्थापन तालिम

हेटौंडा ।  चैनपुर जेसीज मनहरीले आफ्ना सदस्यका लागि संसदीय बैठक अभ्यास प्रणाली सम्बन्धि तालिमको आयोजना गरेको छ । छिमेकी जिल्ला चितवनको सौराहामा रहेको चितवन सफारी रिसोर्टमा शानिबार र आइतबार गरी २ दिन तालिमको आयोजना गरेको हो ।

कार्यक्रम संयोजक उज्वल बर्तौलाको संयोजकत्व एवम् शाखा अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो । तालिममा हेटौंडा जेसीजका पूर्व अध्यक्ष दीपकराज मिश्र र बस्तिपुर जेसीजका पूर्व अध्यक्ष एवम् बोर्ड सल्लाहकार वसन्तकुमार सिटौलाले सहजीकरण गरेका थिए । कार्यक्रममा नमूना संसदीय बैठक अभ्यास समेत गराइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष थापाले जेसीजसँगको सहकार्यमा फुटबल प्रतियोगितालगायतका गतिविधि गर्दै आएको स्मरण गर्दै चितवनमा आयोजना गरिएको तालिमले सदस्यहरुलाई आगामी दिन थप अघि बढ्न मद्दत मिल्ने धारणा राखे । उनले आगामी दिनमा समेत सहकार्यका लागि तयार रहेको बताए ।

कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्ष रविन ढकाल, निवर्तमान अध्यक्ष श्रीकृष्ण ढकाल, सौराहा जेसीजका निवर्तमान अध्यक्ष जयराम घिमिरे लगायतको आतिथ्यता रहेको थियो । नयाँ शाखा भएकोले संसदीय बैठक सम्बन्धि जानकारी गराउनका लागि तालिमको आयोजना गरिएको शाखा अध्यक्ष गौतमले जानकारी दिए ।

तालिममा २५ जना सदस्यको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.