जनसेवक सहकारीको अध्यक्षमा भट्टराई, लेखा सुपरिवेक्षण संयोजकमा न्यौपाने

हेटौंडा । जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको अध्यक्षमा दिर्घ नारायण भट्टराई चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको १८औँ साधारण सभा तथा अधिवेशनले भट्टराईको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा जयराम धिताल, सचिवमा मैयादेवी लामा र कोषाध्यक्षमा हरि खड्का चयन भएका छन् । त्यस्तै सदस्यहरूमा कृतिका आचार्य, ध्रुवप्रसाद लामिछाने, दिपा बुढाथोकी, मनोज सुवेदी र विनोद चौलागाईं रहेका छन् ।

यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा सञ्जय कुमार न्यौपाने चयन भएका छन् । समितिको सदस्यमा अमर लामा र सृजना रिमाल रहेका छन् । साधारण सभामा संस्थाका अध्यक्ष बसन्त राज गौतमले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

हेटौंडाको रोयल पार्टी प्यालेसमा आयोजित अधिवेशनको पहिलो सत्र कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष गौतमले गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.