सशस्त्र प्रहरीको एआईजी बढुवामा सिफारिस भए ठाडा मगर

काठमाडौँ । सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा गणेश ठाडा मगर सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा सिफारिस गरेको हो।

सिफारिसको निर्णय काठमाडौंमा भएको हो । बढुवाको प्रतिस्पर्धामा उनीसहित  डीआईजीहरू क्रमश: कमल गिरी,  कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायत थिए ।

गत २ वैशाखको राति १२ बजेतिर एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाशमा गएका थिए । सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.