भिमफेदीमा भिरबाट लडेर एक जनाको मृत्यु

The dead man's body. Focus on hand

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–६ क्षेत्रमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

शनिबार राति करिब १० बजेको समयमा भिमफेदी–६ विद्युत प्रथम फेज नजिक रहेको भिरबाट सोही वडाको मराङचोक बस्ने अन्दाजी ६० वर्षीय चन्द्रबहादुर मोक्तान करिब २०० फिट तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक मोक्तान मादक पदार्थ सेवन गरी गाउँघरमा हिँड्ने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनी आफ्नो घरदेखि करिब १ किलोमिटर उत्तरतर्फ रहेको भिरबाट लडेको बुझिएको छ।

घटनाबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिई घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया पूरा गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फोटो बनाउ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.