हेटौंडाबाट ३० वर्षीया महिला बेपत्ता

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१४ मयुरधापबाट ३० वर्षीया रिता गोतामे बेपत्ता भएकी छन्। विदुर गोतामेकी छोरी रिता आइतबार बिहान करिब ५ बजे घरमा कसैलाई जानकारी नगराई निस्किएपछि सम्पर्कविहीन भएकी हुन्।

बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार आफन्त तथा सम्भावित स्थानमा खोजतलास गर्दा समेत फेला नपरेपछि उनकी भाउजू दानमाया तामाङले प्रहरीलाई जानकारी गराएकी थिइन्। प्रहरीका अनुसार रिताको मानसिक अवस्था समेत ठीक नभएको बुझिएको छ।

उनको खोजीका लागि प्रहरी सहायक निरीक्षक आनन्द कुशवाहाको कमाण्डमा टोली परिचालन गरिएको छ। रिताको हुलिया गहुँगोरो वर्ण, पातलो शरीर, करिब ५ फिट ३ इन्च उचाइ रहेको र बेपत्ता हुँदा रातो भेस्ट, रातो सुरुवाल र कालो चप्पल लगाएकी थिइन्।

उनको घाँटीमा कालो धागोमा भगवानको माला समेत रहेको प्रहरीले जनाएको छ। उनीबारे जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.