कमलडाँडामा साइकल दुर्घटनामा दुई बालिका घाइते, एकको अवस्था गम्भीर

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडामा साइकल अनियन्त्रित भई पल्टिँदा दुई जना बालिका घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

आइतबार दिउँसो करिब २ः२५ बजे कमलडाँडाको ओरालोमा हेटौंडा–४ नेपालचोक बस्ने १२ वर्षीया विशाखा थापाले चलाएको साइकल अनियन्त्रित भई पल्टिएको हो।

दुर्घटनामा साइकलमा सवार सोही स्थानकी १३ वर्षीया आइषा तामाङको टाउकोमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ।

साइकल चालक थापाको नाक, बायाँ कान र मुखमा चोट लागेको छ। उनको अवस्था भने मध्यम रहेको जनाइएको छ।

दुवै घाइतेलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि दिउँसो ३ बजे आइषालाई नयाँ मेडिकल कलेज, चितवन र विशाखालाई पुरानो मेडिकल कलेज, चितवन रिफर गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.