जनहित वनको साधारणसभा सम्पन्न

हेटौंडा । हेटौंडा १९ बस्तीपुरमा रहेको जनहित सामुदायिक वन उपभोक्ता समूहको ३२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वन समूहका अध्यक्ष होमनाथ पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदी ‘नवराज’को प्रमुख आतिथ्यता रहेको थियो ।

वडा अध्यक्ष सुवेदीले उपभोक्ताको चाहना र भावना अनुसार नियम सम्वत कार्य गर्नका लागि आग्रह गरे । वन जोगाउनका लागि उपभोक्ता आफैं सचेत हुनुपर्ने उनको सुझाव रहेको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नगर अध्यक्ष शम्भुप्रसाद न्यौपाने, चनौटा सामुदायिक वनका अध्यक्ष हरिशरण पौडेल, टोल विकास संस्था वडा संयोजक देवेन्द्र अर्याल, पूर्व अध्यक्ष मनहरी बर्तौला, समाजसेवी हरिवंश भेटवाललगायतले शुभकामना मन्त्व्य व्यक्त गरेका थिए ।

साधारण भेलामाले भदौ २ गते बासुदेव खोलाले बगाएका बालिकाहरुको स्मरणमा स्मृति पार्क बनाउन पहल गर्ने निर्णय समेत गरेको छ । वन समूहका सचिव गायत्रीदेवी लम्सालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कोषाध्यक्ष उर्मिला तामाङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गरिएको थियो । तामाङले ८७ लाख ७४ हजार ८५१ रुपैयाँ ७० पैसाको आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् ।

सुरुको मौज्दात ४ लाख ७९ हजार ३९३ रुपैयाँ रहेको वन समूहमा नविकरण शुल्क वापत ८७ हजार २ सय, कार्ड शुल्क वापत २ हजार ४९०, निवेदन शुल्क वापत ३ हजार ५ सय, नयाँ सदस्यता शुल्क वापत ८९ हजार, दाउरा, बाकल विक्रीबाट ८ लाख ९८ हजार १६७, चिरान काठ विक्रीबाट ४० लाख ३६८ रुपैयाँ, बल्लाबल्ली विक्रीबाट २ हजार, गोलिया काठ लिलाम विक्रीबाट २१ लाख ८६ हजार ८८५ रुपैयाँ, विलम्व जरिवाना शुल्क १४ हजार ९६०, पार्क शुल्क ८ हजार, निर्वाचन फारम दस्तुर वापत १७ हजार ५८०, कवाडी जस्ता विक्रीबाट एक हजार, विविध आम्दानी ५ सय, टेण्डर फारम विक्रीबाट ९ हजार, संघीय जलाधार वृक्षरोपण अनुदानबाट ३ लाख ७३ हजार ३३१, डिभिजन वन कार्यालयबाट पोखरी निर्माणका लागि एकलाख ७२ हजार १४२ रुपैयाँ आम्दानी भएको जानकारी दिइएको छ ।

यस्तै व्ययतर्फ कार्यालय सहायक तलव ६५ हजार, वन हेरालु तलव २ लाख ७४ हजार ४ सय, मसलन्द तथा छपाइमा १३ हजार ९९५, कार्यसमिति वन अनुगमन तथा निरीक्षणमा एकलाख ८ हजार ८ सय, कार्यसमिति, सल्लाहकार बैठक भत्ता एकलाख ८० हजार ९ सय, संघसंस्था सहयोगतर्फ एकलाख ८२ हजार ४७३, अतिथि सत्कारमा १२ हजार ९८०, अवलोकन भ्रमणमा ५१ हजार १४५, पत्रपत्रिका सूचना खर्चमा १९ हजार १४५, साधारणसभा खर्च ३२ हजार ७८५ भएको छ ।

यस्तै विद्युत महसुल खर्च २५ हजार ५६६, मर्मत सम्भार खर्च एकलाख ८२ हजार ४०३, काठ दाउरा कटान, संकलन र चिरानतर्फ १९ लाख ४४ हजार ९७६, पार्क संरक्षण तथा गेट निर्माणमा १६ लाख ८४ हजार ६६, पोखरी निर्माणमा २ लाख ८१ हजार ९७८, वृक्षरोपण तथा गोडमेलमा ८ लाख २ हजार ४१० रुपैयाँ खर्च भएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.