हेटौंडामा न्याय माग्दै मिटरब्याज पीडितको विरोध प्रदर्शन

हेटौंडा । मिटरब्याज पीडित मकवानपुर जिल्ला कार्यसमितिले हेटौंडाका होमनाथ गौतमको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ।

आइतबार दिउँसो ०२:०५ बजे हेटौंडा उपमहानगरपालिका–१० स्थित बुद्धचोकमा समितिका जिल्ला अध्यक्ष पुनम थापाको नेतृत्वमा करिब ३०/३५ जनाको सहभागितामा विरोध प्रदर्शन गरिएको हो।

गौतमको गत जेठ १४ गते भएको मृत्युको विषयलाई लिएर प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, पीडित परिवारलाई न्याय दिलाउनुपर्ने र घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्।

प्रदर्शनमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै घटनाको सत्यतथ्य बाहिर ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन आवश्यक पहल गर्न आग्रह गरिएको समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.