हेटौंडा । बागमती प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नं २ स्थित शिव माध्यमिक विद्यालय परिसर र वरपरको पूर्वाधार निर्माणका लागि रकम छुट्याइएको पाइएको छ।
नवलपरासी जिल्ला गण्डकी प्रदेशअन्तर्गत पर्दछ । यस्तो अवस्थामा गण्डकी प्रदेश अन्तर्गत पर्ने कावासोतीमा बागमती प्रदेशको बजेटमार्फत पूर्वाधार निर्माणको योजना समावेश हुनुले प्रश्न उठाएको छ। बागमती प्रदेशको बजेटमा कावासोती नगरपालिका वडा नं २ शिव मावि परिसरमा पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ (१,००,००,०००) विनियोजन भएको देखिन्छ।
यस विषयमा स्थानीयस्तरमा चर्चा चलिरहेको छ। योजनाको बजेट कुन आधारमा, कसरी, र कुन प्रक्रियाबाट समावेश भयो भन्नेबारे सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

















