सांसद प्रकाश गौतमको उपस्थितिमा हेटौंडाको बुद्धचोकमा राहत संकलन हुँदै

हेटौंडा । विपत्तिमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले मकवानपुर परिवारले हेटौंडामा राहत संकलन कार्यक्रम आयोजना गर्ने भएको छ ।

मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतमको उपस्थितिमा हुने कार्यक्रममा मकवानपुरवासीलाई आफूले सक्ने सहयोगसहित सहभागी हुन आयोजकले आग्रह गरेको छ । राहत तथा उद्धार अभियानलाई व्यवस्थित बनाउन एकद्वार प्रणालीमार्फत राहत संकलन गरिने आयोजकले जनाएको छ ।

विपत्तिको समयमा राजनीतिक स्वार्थ र दलगत रंगभन्दा माथि उठेर मानवीय भावनाका साथ सहयोग गर्न आयोजकले अपिल गरेको छ । ‘विपत्तिमा राजनीति होइन, मानवता रोजौँ’ भन्ने भावनाका साथ सञ्चालन हुने अभियानमा सहयोगको आकारभन्दा सहभागिता महत्वपूर्ण रहेको आयोजकको भनाइ छ ।

राहत संकलन कार्यक्रम हेटौंडाको बुद्धचोकमा आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । विपत्तिमा परेका नागरिकको पीडामा सहयोग पुर्‍याउन अभियानमा सहभागी हुन मकवानपुर परिवारले सबै मकवानपुरवासीलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.