हेटौंडामा स्कुटर दुर्घटना, आमा-छोरा घाइते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ स्थित भिआईपी पुल नजिकै भित्री सडक खण्डमा स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा आमा-छोरा घाइते भएका छन्।

मंगलबार साँझ करिब ५:५३ बजे भएको उक्त दुर्घटनामा हेटौंडा–८ कमाने बस्ने करिब ३० वर्षीया रिता गौतमले चलाएको ना.५२ प ११३३ नम्बरको स्कुटर तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटनामा परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा चालक गौतमको बायाँ हात र खुट्टामा चोट लागेको छ भने अवस्था सामान्य रहेको छ। स्कुटरमा पछाडि सवार उनका ५ वर्षीय छोरा शिवांश खड्काको टाउको, दुबै हात र खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घाइते दुवै जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा साँझ करिब ८ बजे थप उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन रिफर गरिएको छ।

प्रहरी निरीक्षक बृज किशोर शाह गोठको कमाण्डमा खटिएको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ। दुर्घटनामा संलग्न स्कुटरमा क्षति पुगेको छ भने उक्त सवारी साधन वडा प्रहरी कार्यालय सानोपोखराको नियन्त्रणमा रहेको छ।

प्रहरीका अनुसार चालकसँग आवश्यक कागजात रहेको र मदिरा सेवन नगरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.