मकवानपुर महिला गोल्डकपः नवजनजागृतीलाई पराजित गर्दै संकटा सेमिफाइनलमा प्रवेश

मकवानपुर । संकटा फुटबल क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज शनिबार हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको खेलमा सिमराको नवजनजागृती युवा क्लबलाई ६–१ गोलले पराजित गर्दै संकटाले सेमिफाइनलमा अहाफ्नो स्थान बनाएको हो ।

संकटाको जीतमा खेलको ममता पुन मगरले व्यक्तिगत ५ गोल गरिन् । उनले खेलको पहिलो हाफको नवौं, २१ औं, ३५ औं मिनेटमा र दोस्रो हाफको २७ औं र ८४ औं मिनेट गोल गरेकी थिइन् ।

संकटाका लागि अर्को एक गोल जेनिफर राना मगरले खेलको पहिलो हाफको १३ औं मिनेटमा गोल गरिन् । सिमराकी रोजिना लामाले खेलको ७९ औं मिनेटमा एक गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् ।

खेलको म्यान अफ द म्याच संकटाकी ममता घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । यससँगै सिमराका नवजनजागृती क्लब प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ ।

प्रतियोगिताको फाइनल खेल आगामी बुधबार हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.