रियल म्याड्रिड फ्यान क्लबको आयोजनामा फुटसल प्रतियोगिता हुने
हेटौंडा सहित नेपालभरका ८ टोलीले प्रतिस्पर्धा गर्ने

हेटौंडा । रियल म्याड्रिड फ्यान क्लबको आयोजनामा अल नेपाल इन्ट्रा मड्रिडिस्टा फुटसल प्रतियोगिता हुने भएको छ। आगामी मंसिर २२ गते काठमाडौंमा छैठौं अल नेपाल इन्ट्रा मड्रिडिस्टा फुटसल प्रतियोगिता हुने भएको हो।

लिग चरणको स्वरुपमा आयोजना हुने प्रतियोगितामा हेटौंडा सहित नेपालभरका ८ आधिकारिक रियल म्याड्रिडड फ्यान क्लब नेपाल ( बुटवल, चितवन, काठमाडौं, पोखरा, नुवाकोट, जुम्ला र प्रदेश- १) का टोलीहरुले प्रतिस्पर्धा गर्ने छन्। डिफेण्डिङ च्याम्पियन्स समेत बनेका गत वर्षको विजेता रियल म्याड्रिड फ्यान क्लब नेपाल हेटौंडा यस पटक पनि आफ्नो उपाधी जोगाउने लक्ष्यका साथ मैदानमा उत्रनेछ।

प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको छ, र हेटौंडा टोलीलाई यस पटक पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। हेटौंडा टोलीका खेलाडी नामावली यस प्रकार छ:

१. बिश्व लामा
२. सुमन लामा लो
३. सुजन भोम्जन
४ सुजन खत्री
५. सुजल लामा
६. विवन ठकुरी
७. अनिश महर्जन
८. मिलन क्षेत्री
९. शशांक महतो
१०. मनिष भट्टराई

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.