हेटौंडा । बालविवाह रोक्न हेटौंडामा किशोरी सम्मेलनको आयोजना गरिएको छ । बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, स्थित रोयल पार्टी प्यालेसमा “बालबालिकाको इच्छा, विवाह होइन शिक्षा” भन्ने मूल नाराका साथ बालविवाह न्यूूनिकरणको लागि किशोरी सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलन अस्मिता नेपालको आयोजना तथा प्रदेश युवा परिषद् बागमती प्रदेशको सहकार्यमा भएको हो । कार्यक्रम बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रबाह खड्कीको प्रमुख आतिथ्यता एवम् अस्मिता नेपालकी अध्यक्ष आरती पाठकको सभाध्यक्षतामा भएको हो ।
सम्मेलनमा मकवानपुर जिल्लाका १० वटै स्थानीय तहका ५० जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । सो क्रममा प्रमुख अतिथि खड्कीले सबैभन्दा महत्वपूर्ण कुरा शिक्षा रहेको भन्दै समयलाई क्याज गरेर शिक्षालाई अगाडि बढाउन आग्रह गरिन् । यस्ता सम्मेलनले नमुना प्रदेशको रुपमा सिर्जना हुने भन्दै त्यसतर्फ प्रदेश सरकार त्यसतर्फ सकरात्म भएको बताइन् । उनले भनिन्, “नैतिक शिक्षा र पूर्व ब्यवसायीलाई पाठ्यक्रममा अगाडि बढाउनुपर्छ । त्यसलाई टेवा पु¥याउन प्रदेश सरकारले सहयोग गर्नेछ र सामाजिक विकास मन्त्रालयले समन्वय गरिरहेको छ ।”
अहिले बजेट निर्माणको लागि धमाधम काम भइरहेको बताउँदै सबैको राय सुझावलाई लिएर भन्या जस्तो बजेट आयो भने बालबालिको निम्ति अझै धेरै काम गरिने प्रतिबद्धता व्यक्त गरिन् ।
यस्तै, कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री एकालाल श्रेष्ठले बालविवाह रोक्न सबैको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले शिक्षा भनेको सबैभन्दा ठूलो सम्पति भएको भन्दै बालबालिकाहरुले पहिलो प्राथमिकता शिक्षामा जोड दिए ।

कार्यक्रममा प्याननल छलफल समेत भएको थियो । प्यानल छलफलमा राक्सीराङ गाउँपालिकाका प्रमुख राजकुमार मल्ल, महिला तथा बालबालिका महाशाखाकी प्रमुख विष्णुकमारी लामिछाने र राक्सीराङ गाउँपालिकाकी किशोरी समुहतर्फबाट सबिना प्रजा प्मुख बक्ताका रुपमा रहेको थियो ।
प्यानल छलफलका क्रममा सहभागी किशोर किशोरीहरुले बालविवाह न्युनिकरण गर्न स्थानीय सरकारको भुमिकाका विषयमा प्रश्न समेत गरेका थिए ।
अस्मिता नेपालले स्थापनाकालदेखि नै बालबालिकाको क्षेत्रमा यस्ता बिभिन्न अभियानहरु गर्दै आइरहेका छन । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान , हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा , प्रदेश बाल अधिकार समिति सदस्य प्रकाश खतिवडा , गैरसरकारी संस्था मकवानपुर जिल्लाका अध्यक्ष रमिला सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


















