फेडोद्वारा १० अगुवा दलित महिलालाई सम्मान

हेटौंडा दलित महिला संघ (फेडो) मकवानपुरले जिल्लाका विभिन्न क्षेत्रका १० अगुवा दलित महिलालाई सम्मान गरेको छ । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार हेटौंडामा दलित महिला अगुवा अभियान्ता र जनप्रतिनिधिसंग छलफल तथा सम्मान कार्यक्रमको आयोजना गरी १० अगुवा दलित महिलालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा हेटौंडा ६ की रन्जना रोक्का, बकैया ७ की कौशिला विश्वकर्मा, हेटौंडा ११ की टक्कु विश्वकर्मा, हेटौंडा १४ की जमुना विश्वकर्मा, हेटौंडा १६ की बिन्दा विश्वकर्मा र लक्ष्मी विक, हेटौंडा ११ की बिमला विश्वकर्मा, ११ कै तारा विश्वकर्मा, हेटौंडा १७ की प्रकृति परियार तथा हेटौंडा १३ की कल्पना विश्वकर्मा रहेकी छिन् । दलित समुदायबाट विभिन्न क्षेत्रमा उदाहरणीय काम गरेकाले उनीहरुलाई दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरिएको जानकारी दिइएको छ । फेडो मकवानपुर अध्यक्ष पवित्रा विश्वकर्मा, कार्यक्रम संयोजक विमला विश्वकर्मा सहित जनप्रतिनिधिहरुले उनीहरुलाई सम्मान गरेका हुन् । फेडो अधयक्ष विश्वकर्माले दलित महिलाको क्षेत्रमा काम गर्ने अगुवाहरुलाई सम्मान गरेर नारी दिवस मनाइएको बताइन् ।

सम्मानका कारण अरु दलित महिलाहरुलाई समेत हौसला मिल्ने उन्को विश्वास रहेको थियो । राम्रा काम गर्नेहरुलाई सम्मान गर्दै अघि बढ्नु जरुरी रहेको उनको भनाई थियो । कार्यक्रममा हेटौंडा १० का वडा सदस्य गोमा सुनार र ३ नम्बर वडा सदस्य देवकी सुनारले आफ्नो अधिकार आफैंले खोज्नुपर्ने अवस्था रहेको धारणा राखिन् । दलित समुदाय शिक्षा, सीप लगायत सबै कुरामा पछाडी रहेको उनीहरुको भनाई थियो । फाउण्डेसन फर अ जस्ट सोसाइटीको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा ११ नम्बर वडा सदस्य गीता सुनार, १७ नम्बर सदस्य उर्मिला चुनारा, १६ का वडा सदस्य संगिता विश्वकर्मा, ३ नम्बर वडा सदस्य सविना विडारी, १४ नम्बरका वडा सदस्य विना लामा, २ नम्बर वडा सदस्य मैयाँ परियार, पत्रकार गणेशदर्पण अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.