रोजगारको प्रलोभन देखाएर रकम असुल्ने हेटौंडाका गौतम पक्राउ

हेटौंडा । जागिर लगाइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा मकवानपुर प्रहरीले सोमबार एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–६ बस्ने २४ वर्षीय रबिन गौतमलाई ठगी सम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको हो। उनले हेटौंडा औद्योगिक क्षेत्रस्थित पार्लेजी बिस्कुट फ्याक्ट्रीमा जागिर लगाइदिने भन्दै प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले विभिन्न व्यक्तिबाट रकम उठाएको उजुरी परेको थियो।

उजुरीका आधारमा पक्राउ परेका गौतममाथि अनुसन्धानका क्रममा २ सयभन्दा बढी व्यक्तिलाई जागिरको प्रलोभन देखाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले मकवानपुर जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.