जिल्ला बचत संघको नवनिर्मित भवन उद्घाटन

हेटौँडा हेटौंडा उपमहानगरपालिका २ स्थित जिल्ला बचत तथा सहकारी ऋण सहकारी संघ लि।मकवानपुरको नवनिर्मित भवन उद्घाटन गरिएको छ । २० औं स्थापना दिवसको अवसर पारेर बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

३४ धुर क्षेत्रफलमा निर्माण गरिएको तीन तले भवनको लागत ३ करोड १० लाख रहेको भवन निर्माण समितिका संयोजक हिमाल पौडेलले जानकारी दिए । उक्त अवसरमा भवन निर्माणमा सहयोग गर्ने बागमति प्रदेश सरकार, स्थानीय तह, सहयोगी सहकारी संस्था, विभिन्न संघ संस्था तथा व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।

संघको स्थापना दिवसको अवसरमा तीन दिने प्रदर्शनी तथा कृषि मेला समेत आयोजना गरिएको थियो । मेलामा सहकारी सदस्यबाट उत्पादित सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.