हेटौंडा अस्पतालमा तरल फोहोर व्यवस्थापनका लागि अत्याधुनिक प्लान्ट निर्माण हुँदै

हेटौंडा । हेटौंडा अस्पतालले तरल तथा रसायनजन्य फोहोर व्यवस्थापनका लागि अत्याधुनिक ‘लिक्विड वेस्ट ट्रिटमेन्ट प्लान्ट’ निर्माण गर्ने तयारी गरेको छ।

अस्पताल परिसरभित्र उत्पन्न हुने फोहोर पानीलाई सुरक्षित रूपमा प्रशोधन गर्ने उद्देश्यसहित उक्त योजना अघि सारिएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रामचन्द्र सापकोटाका अनुसार प्लान्ट निर्माण कार्य असार महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

यसअघि अस्पतालमा उत्पादन हुने तरल फोहोरलाई संकलन गरेर राख्ने गरिए पनि दीर्घकालीन व्यवस्थापन प्रणाली नहुँदा समस्या देखिँदै आएको थियो। सोही समस्याको समाधानका लागि गत असोजमा टेन्डर प्रक्रिया अघि बढाइएको थियो, जसअनुसार अहिले निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

करिब २ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भइरहेको यस प्लान्टले प्रतिघण्टा करिब १० हजार लिटर फोहोर पानी प्रशोधन गरी पुनः प्रयोगयोग्य बनाउने क्षमता रहने बताइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.