चुनाव हारेनी जनतासँगै छु, सँगै रहनेछुः उपाध्याय डीना

मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले चुनाव हारेपनि जनतासँगै रहेको र सँगै रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । सोमबार नेपाली कांग्रेस बाग्मती गाउँपालिका ४ नम्बर वडाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा विकास निर्माण कार्यको अनुगमनपश्चात् बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘चुनाव हार्नु जित्नु फरक कुरा हो । हार्दा पनि म यहाँहरु सँगै छु, सँगै रहिरहनेछु ।’ उनले गलत गर्नेलाई पार्टीले जोगाउन जरुरी नरहेको समेत प्रष्ट पारिन् । जनतालाई ढाँटेर राजनीति नचल्ने भन्दै उनले राजनीति ख्यालख्याल विषय नभएको धारणा राखिन् ।

उनले भनिन्, ‘पैसाको खोला बगाएर एकरदुई पटक जितिएला तर जनतालाई ढाँटेर राजनीति टिक्दैन ।’ मकवानपुरको हरेक क्षेत्रको विकास निर्माणमा सकेको बजेट विनियोजन र सहयोग गर्न लागिपरेको उनको भनाई थियो । आफूलाई गाउँका कार्यकर्ताले सधैँ माया गरेको भन्दै उनले विचलित नभई गाउँगाउँमा लाग्न अनुरोध गरिन् । कांग्रेसको सदस्यता लिएका सबै शक्तिशाली नेता भएको उनले बताइन् ।

बागमती र बकैया गाउँपालिकाले अघिल्लो निर्वाचनमा आफूलाई राम्रो मत दिएर पठाएको उनले स्मरण समेत गरिन् । कांग्रेस ४ नम्बर वडा सभापति सोमबहादुर घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, कांग्रेस नेता आनन्दराम पराजुली, कांग्रेस बागमती प्रदेश सदस्य रामशरण माझी र भक्तबहादुर राई, कांग्रेस बागमती गापा प्रवक्ता डिल्ली घोरासैनी लगायतले समसामयिक राजनीति र कांग्रेसको भूमिकाको विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी, नेताहरु ईश्वर पण्डित, शंकर पराजुली, चोकबहादुर ठाडा, प्रमिला खतिवडा, निलम बजगाइँ लगायतको आतिथ्यता थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.