कांग्रेसको हेटौंडा ४ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

हेटौँडा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले हेटौंडा–४ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेकी हुन् ।

हेटौंडा ४ स्थित हुप्रचौरको दक्षिणतर्फको एक घरमा ४ नम्बर वडाको निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो । प्रतिनिधिसभा सदस्यका उम्मेदवार डिनाले अहिले गाउँ शहर सबैतिर कांग्रेसको पक्षमा राम्रो माहौल सृजना भएको बताइन् । ‘विशेष महाधिवेशन पश्चात कांग्रेस बद्लिएको छ । बद्लिएको कांग्रेसले देश बदल्ने योजनासहित अहिले निर्वाचनमा होमिएको छ’, उनले भनिन्, ‘अहिले कहिँकतै गठबन्धन छैन । कांग्रेसले कांग्रेसलाई मत दिन पाउने अवस्था भएको छ ।’

डिनाले आफू निर्वाचनमा पराजय भएपनि मकवानपुरको विकास र समृद्धिका लागि निरन्तर लागिपरेको दावी समेत गरिन् । जनताबाटै अनुमोदित भएर जनताकै काम गर्नका लागि पुनः प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनेर आएको उपाध्यायको भनाई थियो ।

नेपाली कांग्रेस हेटौंडा ४ नम्बर वडा सभापति हरि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, कांग्रेस बागमती प्रदेश सदस्य प्रदीप कोइराला, हेटौंडा उपमहानगर सभापति उत्सव इटेनीसहितका नेताहरुको आतिथ्यता रहेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो अभियानलाई तीव्र बनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.