मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ भालटारस्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आइतबार बिहान ट्रक दुर्घटना भएको छ । काठमाडौँबाट हेटौँडा तर्फ आइरहेको म.प्र.०३–००२ ख ४१६७ नम्बरको खाली ट्रकको ब्रेक फेल हुँदा करिब २० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति नभएको र ट्रकमा सामान्य क्षति पुगेको छ । घटनापछि प्रहरी चौकी सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक राम प्रसाद यादवको कमाण्डमा टोली घटनास्थल पुगेर आवश्यक कार्यवाही थालेको प्रहरीले जनाएको छ ।
ट्रक चालक चितवन कालिका नगरपालिका–८ का २८ वर्षीय अनमोल मगर रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

















