एनआरएनए अमेरिका दक्षिण क्षेत्रीय संयोजकमा चापागाईं निर्विरोध निर्वाचित

हेटौंडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको दक्षिण क्षेत्रीय संयोजक पदमा निश्चल चापागाईं निर्विरोध निर्वाचित भएका छन्।

चापागाईं सन् २०१९ देखि एनआरएनए अमेरिकाको विभिन्न तहमा सक्रिय रहँदै आएका छन्। उनले २०२१–२०२३ मा टेक्सस च्याप्टर सदस्य र २०२३–२०२५ मा टेक्सस च्याप्टरका सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

हालै सम्पन्न निर्वाचनमा चापागाईंसहित ३१ सदस्यीय केन्द्रीय कार्यसमितिको अन्य पाँच पदमा पनि उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन्। तीमध्ये महिला सचिवमा लक्ष्मी थापा, सह-कोषाध्यक्षमा मोहन कुसारी, महिला सदस्यमा लक्ष्मी कार्की तथा उत्तरपूर्व क्षेत्रीय संयोजकमा छिरिङ शेर्पा निर्विरोध चुनिएका हुन्।

निर्विरोध निर्वाचित भएपछि दक्षिण क्षेत्रीय संयोजक चापागाईंले दिएको प्रतिक्रियामा उनले संस्थाको सशक्तीकरणमा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्। उनले संस्था विरुद्ध भइरहेका नकारात्मक टिप्पणीहरूका विरुद्धमा सधैं आवाज उठाउने पनि स्पष्ट पारे।

अहिले एनआरएनए अमेरिकामा दुईवटा निर्वाचन भइरहेका बेला, ‘तपाईंहरूको समूह नै वैधानिक हो भन्ने आधार के हो?’ भन्ने प्रश्नमा चापागाईंले भने, “हामी अमेरिका सरकारमा विधिवत रूपमा दर्ता भएको एनसीसी अमेरिकाअन्तर्गत क्रियाशील छौं। हाम्रो सबै कार्य विधिसम्मत रूपमा विधानअनुसार सञ्चालन हुन्छ। बाह्य कुराहरूले हाम्रो काममा असर पार्दैनन्, बरु सबै मिलेर अघि बढ्नुको विकल्प छैन।”

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.