जिल्ला अदालत मकवानपुरद्वारा २८ सय ६८ मुद्धा फछ्र्यौट

हेटौँडा । जिल्ला अदालत मकवानपुरमा चालु आर्थिक वर्ष २०८१–०८२ को असार मसान्तसम्म २८ सय ६८ मुद्धा फछ्र्यौट भएको छ ।  अदालतले चालु आर्थिक वर्षमा असार ३० गतेसम्म करिब ६९ दशमलव ११ प्रतिशत मुद्धा फछ्र्यौट भएको जानकारी दिएको हो ।

चालु आर्थिक वर्षमा अदालतमा रहेका जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका कुल ४ हजार १ सय ५० मुद्धाहरु मध्ये २८ सय ६८ मुद्धा फछ्र्यौट भएको अदालतका श्रेस्तेदार रोशी भण्डारीले जानकारी दिईन् ।

उनका अनुसार, अदालतमा बाँकी मुद्धा १२ सय ८२ रहेको जानकारी दिईन् । अदालते चालु आर्थिक वर्षमा २७ सय ३९ मुद्धा फछ्र्यौट गर्ने लक्ष्य लिएकोमा १०४ दशमलव ७० प्रतिशत सफल भएको उनले जानकारी दिईन् ।

जिल्ला अदालतका न्यायधिश अवनी मैलानको अध्यक्षमा भएको पत्रकार सम्मेलनमा न्याधिश गिता श्रेष्ठ, सकुन्तला कार्की र पुर्णिमा काईरालाको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.