गाँजासहित हेटौँडाका मोक्तान पक्राउ

हेटौँडा । पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, लेवटस्थित भित्री सडकखण्डबाट लागूऔषध गाँजासहित प्रहरीले गएराति एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय प्रताप सिं मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनलाई विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा १३ किलोसहित पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, गएराति १० बजेको समयमा जम्बुडांडाबाट हेटौँडा–३, लेवटतर्फ आउँदै गरेको ना ६३ प २५६१ नम्बरको स्कुटरलाई रोकी चेकिङ गर्ने क्रममा उनको साथबाट सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । पक्राउ गरेका मोक्तान स्कुल चालक हुन् ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.