कैलाश गाउँपालिकाका शिक्षकलाई तीन दिने सूचना प्रविधि तालिम

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका आधारभूत तथा माध्यामिक तहका आइटी स्रोत शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । शुक्रबारदेखी सञ्चालित तालिम आज मंगलबार समापन भएको हो ।

गाउँपालिकाको आयोजनामा भएको तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले कैलाश गाउँपालिकाको परिवेश भौगोलिक विकटता छ, शिक्षामा क्रमिक सुधारोन्मुख अवस्था रहेको बताए ।

‘यहाँका नागरिकमा चेतनाको कमी रहेको छ, सोही अनुरुप यहाँहरुले चेतना फैलाउँदै शिक्षामा सुधार ल्याउनुपर्छ ’, उनले भने, ‘समाज परिवर्तन ल्याउने नि शिक्षाले हो, त्यसतर्फ ध्यान दिनुस् ।’

आइटीका साधनहरुको प्रयोगमा दुरुपयोग नहोस्, निमावि र माविमा अधिकांश कम्प्युटर रहेको अवस्था छ, भरपुर प्रयोग गर्नुस् नजानेको खण्डमा सीप तालिम लिन आग्रह गरे । केही विद्यालयमा आइटिका साधनहरु नपुगेको होला त्यसमा गाउँपालिकाले आवश्यक समन्वय गर्ने बताए ।

विद्यालय र स्वास्थ्य संस्थामा कम्प्युटर र इन्टरनेट जडान गर्ने चाहाना हुँदाहुँदै पनि विकटताले गर्दा सम्भावना कम रहेको अध्यक्ष मुक्तानले बताए । विद्युत प्रवाहमा पनि समस्या रहन्छ, हावाहुरीको सिजनले विद्युत प्रवाहमा असर पुग्ने भएकाले पनि समस्या उत्पन्न भएको उनले बताए । मुख्यतया शिक्षाले आम नागरिकमा चेतना जगाउने कार्य गर्दछ, चेतनाकै कर्मीले गर्दा यहाँ विकास निर्माणका काम गर्न पनि असहज परिस्थित सिर्जना भइरहेको उनले बताए ।

कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष भूवनसिं घलानले गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्दै आइरहेको बताए । शिक्षामा हामी पछि परिरहेको अवस्था छ, शिक्षकहरु पनि आफ्नो क्षमता अभिवृद्धि गर्दै शिक्षामा परिवर्तन गर्नु जरुरी रहेको बताए ।
तालिममा ४३ जना विद्यालयका प्रधानाध्यापक, स्रोत शिक्षक वा आइटि फोकल शिक्षकहरुको सहभागिता रहेको थियो ।

तालिमलाई होमबहादुर नेपाली र विवसजङ्ग थापाले सहजीकरण गरेका थिए भने विद्यालयको प्रशासनिक कार्यबारे गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख समीर जोशीले प्रशिक्षण गरेका थिए ।

कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता तथा वडा नम्बर ९ का वडाध्यक्ष भूवन सिं घलानको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, प्राविधिक सहायक दिपेन्द्र अधिकारी, विद्यालय स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जीवनज्योति प्राविका प्रअ सीता मगर र भवानी माविका प्रअ बालचन्द्र मल्लले तालिममा सिकेको सीप, अनुभव, गुनासाका साथै आगामी दिनमा हुनुपर्ने सुधारका विषयमा आफ्नो भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.