मकवानपुर । बागमती प्रदेश सभाको बजेट अधिवेशन बैठक बोलाउन प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष सिफारिस गरिएको हो ।
प्रदेश सरकारको मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले आगामी जेठ ५ गतेका लागि प्रदेश सभा बैठक आहान गर्न सिफारिस गर्ने निर्णय गरेको बागमती सरकारका प्रवक्ता वा आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता सुचजचन्द्र लामिछानेले जानकारी दिए ।
सरकारका प्रवक्ता लामिछानेका अनुसार, बजेट अधिवेशन ५ गते ११ बजेका लागि बोलाउने गरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने मन्त्रीपरिषदको निर्णय गरिएको हो ।
सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम माथि छलफल गर्न प्रदेशसभा अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरिएको उनले बताए ।
बागमती प्रदेश सभाको बैठक यसअघि गत चैत २० गते अन्त्य गरिएको थियो ।
प्रतिकृया दिनुहोस्

















