हेटौंडा । हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडाको आयोजनामा बारिस्टा तालिम तथा हेयर कटिङ्ग (बार्बर) एक महिने नि:शुल्क तालिम सुरु भएको छ । आइतबार एक कार्यक्रमबीच तालिमको उद्घाटन गरिएको हो ।
व्यवस्थापकीय सहयोगी संस्था हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र प्रा।लिमा सञ्चालन हुने तालिममा हेटौंडा-७ का ४६ प्रशिक्षार्थी सहभागी छन् । जसमा, बारिस्टा तालिम तर्फ २३ जना र हेयर कटिङ्ग तालिमतर्फ २३ जना सहभागी रहेको हाम्रो प्रशिक्षण सेवा तालीम कन्द्र सदस्य मेनका श्रेष्ठले जानकारी दिइन् ।
हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रममा वडा सचीव भैरव बहादुर कुमाल, वडा सदस्यहरु सन्तुमाया पाख्रीन, राधिका वि.क., दिनेश थापा मगर र श्याम सुन्दर परियार लगायतको उपस्थिति थियो । कार्यक्रम तालिम केन्द्रका सञ्चालक श्याम कुमार अग्रवालको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

















