अरुण नदीमा खस्यो जिप, खोजी जारी

विराटनगर । अरुण नदीमा जिप खसेको छ । खाँदबारीबाट धनकुटातर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४१०३ नम्बरको जिप सोमबार धर्मदेवी नगरपालिका–८ सुर्तीबारीबाट अरुण नदीमा खसेको हो ।

प्रहरीका अनुसार पैदल यात्री चैनपुर नगरपालिका–११ का ६६ वर्षीय ढोकरबहादुर पाण्डेलाई ठक्कर दिएपछि जिप अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल अरुण नदीमा खसेको हो ।

संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार जिपमा चालकसहित दुई जना सवार थिए । उनीहरू जिपबाट हामफालेका थिए । जिपबाट हामफालेका खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४० वर्षीय जीवन राई र चालक मकालु गाउँपालिका–५ मांसिमाका २० वर्षीय किरण गुरुङको उद्दार गरिएको प्रहरीले जनाएको छ । राई बोलेरोका मालिक हुन् ।

प्रहरीका अनुसार जिपको ठक्करबाट घाइते भएका र अरुण नदीबाट उद्दार गरिएकासहित तीनै जनाको तुम्लिङटारको मनकामना अस्पतालमा उपचार भइरहेको छ ।

जिपको खोजी कार्य भइरहेको छ ।  बस्नेतका अनुसार अरुण नदीमा खसेको जिप अहिलेसम्म फेला पर्न सकेको छैन । अनलाइनखबरबाट

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.