महिला गोल्डकपको आयोजना गर्दै फुटबल संघ मकवानपुर

file-photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा महिला गोल्डकप हुने भएको छ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा महिला गोल्डकप हुने भएको हो ।

विगत ६ वर्षदेखि पुरुषतर्फ गोल्डकप गर्दै आएको संघले पहिलो पटक हेटौंडामा महिला गोल्डकपको आयोजना गर्न लागेको हो ।

प्रतियोगिता यही वैशाख १९ गतेदेखि हुने संघका सचिव छवीलाल सुवेदीले जानकारी दिए । उनका अनुसार, गौरीटार रंगशालामा हुने प्रतियोगितामा तीन विभागीय टिमसहित ५ वटा जिल्लाका क्लबले सहभागिता जनाउनेछन् ।

विभागीय टिमहरु नेपाल आर्मी, नेपाल पुलीस, एपिएफ सहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाका गरि ८ वटा क्लबले सहभागिता जनाउने भएको संघका सचिव सुवेदीले बताए ।

प्रतियोगिताको विजेता र उपविजेता समूहले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने अनुमान गरेको आयोजकले जनाएको छ । प्रतियोगिताको प्रायोजकका रुपमा मकवानपुरका १० वटा स्थानीय तह, प्रदेश खेलकुद विकास परिषद् लगायत स्थानीय संघ संस्था रहेका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.