मकवानपुर । धरान–चतारा सडकखण्ड अनतरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७, हर्नामाडी रामधुनि चोकमा आज साँझ सवारी दुर्घटना भएको छ ।
साँझ ७ः१० बजेको समयमा हेटांैडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको ना ४ ख ७८३३ नं. को बसले ठुलोदमारबाट भोर्लेतर्फ जाँदै गरेको ना ६४ प ३२८९ नं. को मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ बस्ने अन्दाजी २८ वर्षीय सन्तोष श्रेष्ठ रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
घाइते श्रेष्ठलाई उपचारको क्रममा हेटौंडा–१, स्थित मकवानपुर सहकारी अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए । उनका अनुसार, दुर्घटनामा परेर श्रेष्ठको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको छ भने अवस्था गम्भीर रहेको छ ।
मोटरसाइकल प्रहरी चौकी ठुलोदमार मकवानपुरमा रहेको र बस चालक हेटौंडा– १८, बस्ने ३८ वर्षीय सुन्दर नगरकोटीलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















