मकवानपुरबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो

मकवानपुर । मकवानपुरबाट वैदेशिक रोजगारीमा जाने महिला बढेका छन् । खाडी मुलकमा होस् या अरु विकसीत मुलुकमा बैदेशीक रोजगारीका लागि जाने महिलाको संख्या मकवानपुरमा निकै बढ्दै गएको पाइएको हो ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पाँच वर्षको तथ्याङ्कले वैदेशिक रोजगारीमा जाने महिलाको संख्या वर्षेनी वृद्धि भएको देखाएको हो । विभागका अनुसार वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या पाँच वर्षअघि पाँच प्रतिशत रहेकामा अहिले ११ प्रतिशत पुगेको छ । यो समग्र श्रम स्वीकृतिको हिंसा हो ।

अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा सात लाख ४१ हजारले श्रम स्वीकृति लिएकोमा ८० हजार १७२ जना महिला रहेको थियो । जुन १० दशमलव ८२ प्रतिशत हुन आउँछ । सरकारले वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रूपमा जाने महिलाको श्रम स्वीकृति रोक्का गरे पनि पछिल्ला पाँच वर्षको तुलनामा आव २०८०–०८१ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रम स्वीकृति लिएका छन् ।

२०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिकका रूपमा जाने महिला असुरक्षित रहेको जनाउँदै रोक्न सरकारलाई निर्देशन दिएपछि बिचमा विदेश जाने महिलाको सङ्ख्या घट्दै गएको थियो ।

विभागका निर्देशक गुरुदत्त सुवेदीले विदेशमा नेपाली महिलाका लागि रोजगारीका अवसर बढेसँगै खाडीको युएई, मलेसिया, साइप्रस र सरकार–सरकार सम्झौता भएका देश दक्षिण कोरिया तथा इजरायल जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको जानकारी दिए ।

नेपालले औपचारिक रूपमा १११ देश वैदेशिक राजगारीका लागि खुला गरेको छ । अधिकांश महिला केयरगिभर, नर्स र घरेलु श्रमिकका रूपमा संयुक्त अरब इमिरेट्स (युएई) कतार, साउदी अरेबिया, कुवेत, साइप्रस, जोर्डन जस्ता गन्तव्य मुलुकमा जाने गरेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.