नेपाल जेसीजको महासचिवमा विकेशलाल श्रेष्ठ मनोनित

हेटौंडा । नेपाल जेसीजको महासचिवमा हेटौंडाका युवा विकेशलाल श्रेष्ठ मनोनित भएका छन् । जेसीआई नेपालको ५१ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२५ को लागि अध्यक्षमा निर्वाचित रजनी थापाले महासचिवमा बिकेशलाललाई मनोनित गरेकी हुन् ।

महासचिवमा मनोनित बिकेशलाल जेसीआई हेटौंडा वर्ष २०२४ का अध्यक्ष, मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य, लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका पूर्व अध्यक्षसँगै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेका छन् ।

‘मलाई नेपाल जेसीजको गरिमामय महासचिवमा विश्वास गरेर दिनुभएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न प्रयत्न गर्नेछु । मेरो कार्यकालमा जेसीजको मूल्य र मान्यतालाई आत्मसात गर्दै राष्ट्रिय अध्यक्षज्यूको कार्ययोजना अनुसार संस्थालाई अगाडि बढाउने र सबैलाई समेटेर अगाडि बढ्नेछु ।’, बिकेशलालले जेसीज युवाको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था भएका कारण सवैक्षेत्रका युवालाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.