हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा करेन्ट लागेर एकजना गम्भीर घाइते भएका छन्। बुधबार अपराह्न ४:३० बजे बिजुलीको पोलमा चढी ट्रान्समिटरको फ्युज जोडने क्रममा करेन्ट लागेर बकैया ६ टिकुलेका २८ वर्षीय मनोज भोलन घाइते भएका हुन्।
उनलाई आफन्तले उपचारको लागी सिटि अस्पताल निजगढ बारा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। उनी बिद्युतको कर्मचारी नभएको प्रहरीले जनाएको छ।
यस्तै, सोही दिन राती ११:०० बजे घाईतेलाई सिटी अस्पताल निजगढ बाराबाट थप उपचारको लागी बिरगंज बयोधा अस्पतालमा लगी उपचार भइरहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस्

















