स्रोत नखुलेको बिदेशी मुद्रा सहित ३ जना भारतीय नागरिक पक्राउ

हेटौंडा । स्रोत नखुलेको ४६ हजार बिदेशी मुद्रा सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन्। आइतबार विषेश सुचनाको आधारमा प्रहरीले खानतलासी गर्दा स्रोत नखुलेको बिदेशी मुद्रा फेला परे पछि उनीहरु परेका हुन्।

उनीहरुलाई हेटौडा-१, प्रहरी चौकी चौकीटोल स्थित चेकपोईन्ट अगाडी हेटौंडा-भैसे सडक खण्डमा काठमाण्डौबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०७६५ नं. को यात्रुबाहक ईभी माईक्रो बसबाट ओराली रितपुर्वक निजहरुको शरीर तथा झोला समेतको खानतलासी गर्दा स्रोत नखुलेको बिदेशी मुद्रा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक बिश्वराज खड्काले जानकारी दिए।

जसमा पक्राउ परेका भारतका उत्तर प्रदेश जिल्ला जालौनका ४० वर्षीय बिजय सिंग कुशवाहको साथबाट अमेरिकन डलर १२ हजार बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, उत्तर प्रदेश गोरखपुरका २६ वर्षीय प्रशान्त पाठकको साथबाट युरो १४ हजार र राजस्थान चितोरगढका ३२ वर्षीय राहुल कुमार माण्डावतको साथबाट अमेरिकन डलर २० हजार बरामद गरिएको बताइएको छ।

प्रहरीका अनुसार थप अनुसन्धान र आवश्यक कारबाहीका लागी मुद्रासहित उनीहरुलाई ललितपुरको राजश्व अनुसन्धान कार्यालय मिनभवन पठाउने तयारी भईरहेको छ । त्यस्तै गरि, आजको बजार भाउ अनुसार उक्त विदेशी मुद्रालाई रुपैयाँमा रुपान्तरण गर्दा बैसठ्ठी लाख नब्बे हजार पैतिस रुपैयाँ रहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.