हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरमा सामान्य विवादका क्रममा हेल्मेटले प्रहार गर्दा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार राति करिब २स्३० बजे खेलकुद विकास परिषद् कार्यालयमा सवारी चालकका रूपमा कार्यरत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ का ३७ वर्षीय रामेश्वर गोदामेमाथि सोही कार्यालयमा करारका ओभरसियरका रूपमा कार्यरत कैलाश गाउँपालिका–९ का ३३ वर्षीय बिनोद प्रजाले हेल्मेटले प्रहार गरेका हुन्।
घटनामा गोदामेको टाउको, कम्मर र बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि कुटपिटमा संलग्न बिनोद प्रजालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान अघि बढाएको छ।
प्रतिकृया दिनुहोस्














