मनहरीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक युवती घाइते

Photo:AI

हेटौंडा । मनहरी गाउँपालिका–३ सुगौरा स्थित भित्री सडकखण्डमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक युवती घाइते भएकी छन्।

बुधबार दिउँसो करिब २:३० बजे सुगौराबाट बस्तिपुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०४३ प ९४०१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको बा.९२ प ७३० नम्बरको स्कुटरलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा स्कुटरको पछाडि सवार सोही स्थान बस्ने २३ वर्षीया अनिता लो घाइते भएकी छन्। उनको दाहिने खुट्टामा चोट लागेको छ र अवस्था मध्यम रहेको छ।

घाइतेलाई स्कुटर चालक उनका बुवा ४९ वर्षीय प्रेमबहादुर लो र मोटरसाइकल चालक मनहरी–२ च्यापल बस्ने ३५ वर्षीय कुमार लामाले उपचारका लागि मकवानपुर सहकारी अस्पताल पुर्‍याएका थिए।

प्रहरीका अनुसार दुवै सवारी चालक घटनास्थलमै रहेका छन् भने दुवै चालकले मदिरा सेवन नगरेको र आवश्यक कागजपत्र समेत ठीक रहेको छ। दुर्घटनामा स्कुटरमा सामान्य क्षति पुगेको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय नेवारपानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.