हेटौंडा । मकवानपुरमा बागमती गाउँपालिका अन्तर्गत फापरबारी बेतिनीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बेतिनीस्थित भित्री सडकमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
बागमती गाउँपालिका ६ साईटारमा भएको अटो दुर्घटनामा बागमती गाउँपालिका ७ लामिटारका ३६ वर्षीय चालक दीपक वाइबाको मृत्यु भएको हो । बेतिनीवाट फापरबारीतर्फ आउँदै गरेको ना २ ह २१२३ नम्बररको अटो ओरालोमा अनियन्त्रित भएर सडकबाट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए ।
प्रहरीका अनुसार अटोमा चालक मात्र रहेका थिए । घटनाको विषयमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस्















