हेटौंडा । हेटौंडामा अनुप्रस्थको कन्सर्ट हुने भएको छ । शनिबार मकवानपुर स्टुडेन्ट म्यूजिक फेस्टिभलको पहिलो प्रस्तुती अन्तर्गत क्यान्सर पिडित तथा सडक बालबालिका सहयोगार्थ कन्सर्ट हुने भएको हो ।
द एयस एण्ड सिक्स इभेन्ट्सको आयोनामा हेटौंडा–५ सानोपोखराको जय गणेश पार्टी प्यालेसमा हुने कन्सर्टमा करिव १२ सय दर्शक सहभागी हुने आयोजकको अनुमान छ । टिकट दर रु. ५ सय र ३ सय ५० रहेको कन्सर्टमा ८ लाख ५० हजार रुपैयाँ खर्च अनुमान रहेको आयोजकले जनाएको छ ।
यस्तै, कन्सर्टमा स्थानिय ब्याण्ड ‘सिक्स ट्रिङ ब्याण्ड’ र डिजे शाड्स लगायतको पस्तुती रहने बताइएको छ ।
प्रतिकृया दिनुहोस्

















