हेटौंडा । सामाजिक संजालबाट उदाएका नयाँ पुस्ता माझ चर्चित मकवानपुरका दुई कलाकार अभिनित ‘ए सरकार रोजगार दे’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार मकवानपुरका चर्चित दुई कलाकार ईन्द्रमान डिमडुङ उर्फ ‘आलु दाई’ र शर्मिला वाईबा अभिनित ‘ए सरकार रोजगार दे’ सार्वजनिक भएको हो ।
कलाकार डिमडुङको ‘आलु दाई’ नामको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्यूजिक भिडियोलाई ५ घण्टामा करिब ८ सय बढीले हेरिएको छ । यो भिडियो कलाकार वाईबा अभिनित उनको आधिकारीक पहिलो भिडियो रहेको बताइएको छ ।
डिमडुङको आफ्नै शब्द र स्वरमा ‘नेटिभ रेकर्डिङ स्टुडियो’मा तयार पारिएको अडियोको संगीत संयोजन, मिक्सिङ, र मास्टरिङ सुमन तामाङले गरेका हुन्। यस्तै, नक्कले प्रेम स्याङ्तानले छायांकन गरेको भिडियोमा धन पाख्रीनले निर्देशन गरेका छन्।
कलाकार डिमडुङ टिकटक र युट्युब लगायतको सामाजिक संजालमा ‘आलु दाई’ नामबाट परिचित छन् । यसअघि उनको ‘आलु हरायो’, ‘तिम्रो बुढा बिदेशमा हो’ र ‘सेलरोटीमा प्वाल कसले बनायो’ जस्ता व्यङ्ग्यात्मक गितहरु टिकटकमा धेरै रुचाएका छन् ।
ती मध्ये उनको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘आलु हरायो’ गितलाई ९७ हजार बढीले हेरिएको छ । उनले सामाजिक संजालमा चर्चा पाएसँगै विभिन्न जिल्लामा व्यवसायिक रुपमा मञ्चमा आफ्नो प्रस्तुती दिँदै आएका छन् ।
















