हेटौँडामा उद्योग नीति सम्बन्धि छलफल कार्यक्रम सुरु

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा उद्योग नीति सम्बन्धी नीति संवाद एवम् छलफल कार्यक्रम सुरु भएको छ । उद्योग , वाणिज्य , भुमी तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सहकार्यमा मंगलवारदेखी नीति संवाद कार्यक्रम सुरु भएको हो ।

मन्त्रालयका सचिव हेमराज भुषालको सभाध्यक्षतामा भएको छलफलमा उद्योग , वाणिज्य , भुमी तथा प्रशासन मन्त्री शुकमाया तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले उद्योगी ब्यवसायीहरुलाई सहज रुपमा ब्यवसायी गर्न नीति संवाद कार्यक्रमको आयोजना गरिएको जानकारी दिईन् । मन्त्री तामाङले बागमती प्रदेशमा उद्योग तथा वाणिज्य नीतिको आवश्यक रहेको भन्दै छलफल गरेर निर्णयमा पुग्ने बताईन् ।

उनले संघले अधिकार नदिदा कानुनी रुपले धेरै कामहरु रोकिएको बताउँदै नीति बनाउन आवश्यक रहेको धारणा राखिन् । ‘कानुनले धेरै कुराहरु अफ्टेरोमा पारेका छ । हामिलाई संघले अधिकार नदिदा प्रदेश सिफारिस मात्रै गर्नसक्ने हुन्छ,’मन्त्री तामाङले भनिन् , ‘निर्णय गर्ने अधिकार हामिलाई  नहुँदा पनि समस्या भएको छ । ’

मन्त्री तामाङ्ले औद्योगिक क्षेत्रहरु स्थापना नभएका कारण ब्यवसायी धरापमा परेको बताउँदै सम्भाव्यता अध्ययन गरेर संघमा सिफारिस गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

छलफलमा प्रदेश नीति योजना आयोगका सदस्य गुणराज मुक्तानले अर्थतन्त्रको आधार उद्योग र उत्पादन हुनुपर्ने बताए । उनले बागमती प्रदेशमा सबैभन्दा बढि आर्थिक गतिविधि हुने भन्दै अन्य प्रदेशको भन्दा विशिष्ट हुन जरुरी रहेको जानकारी दिए ।

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल शुन्दर श्रेष्ठले प्रशासनिक प्रकृया झन्झटिलो रहेको नीति बनाउन आवश्यक रहेको बताए । उनले ब्यवसायीहरु मारमा परेको भन्दै उत्पादन र रोजगारी वृद्धि नभएसम्म मुलुकको विकास सम्भवन नभएको बताए ।

छलफलमा कार्यक्रममा उद्योग, वाणिज्य,भुमी तथा प्रशासन मन्त्रालयका उद्योग तथा बाणिज्य महासाखा प्रमुख महेशराज पौडेलले प्रस्तावित औद्योगिक नीति तथा तर्जुमा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रका परामर्शदाता हिमाल थापाले नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत गरेका थिए । बुधवारसम्म छलफल हुने नीति संवादमा बागमती प्रदेशका १३ वटै जिल्लाका उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.