निरन्तर बढ्यो सुनको भाउ

काठमाडौं । पछिल्लो समय सुनको भाउ निरन्तर उकालो लागेको छ । मंगलबार सुनको भाउ नयाँ कीर्तिमानी बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, अघिल्लो दिनकै तुलनामा आज सुनको भाउ १ हजार ८०० रुपैयाँ बढेको हो ।

भाउ बढेसँगै सुन प्रतितोला १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.