बागमतीको बजेट पास गर्न कांग्रेसद्वारा ह्विप जारी

हेटौँडा । बागमती प्रदेश सरकारको आगामी वर्षको बजेट पास गर्न नेपाली कांग्रेसले ह्विप जारी गरेको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को लागि ल्याएको बजेट पास गर्न काँग्रेस संसदीय दलले आफ्ना सबै सांसदहरूलाई ह्विप जारी गरेको हो ।

दलका प्रमुख सचेतक गोविन्द लम्सालले एक पत्र जारी गर्दै आज असार २२ गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थिति जनाउन र पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन दिइएको छ ।

प्रमुख सचेतक लम्सालले पार्टीको नीतिगत निर्णयअनुसार बजेटसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलले बजेटसम्बन्धी प्रस्तावमा समर्थन जनाउँदै, आफ्ना सांसदहरूलाई एकमत हुन निर्देशन दिएको हो ।

बागमती प्रदेश सभाको असार १ गते बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.