जलवायु परिवर्तनको मुख्य कारक मानव: वन मन्त्री सिलवाल

हेटौँडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले जलवायु परिवर्तनको मुख्य कारक मानव भएको बताएका छन् ।

सोमवार मन्त्रालयले आयोजना गरेको ‘जलवायु परिवर्तन र यसको असरबारे बागमती प्रदेशका सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रम’ मा बोल्दै मन्त्री सिलवालले जलवायु परिवर्तनको मुख्य कारक मानव नै भएको भन्दै यसको संरक्षण गर्ने जिम्मा पनि मानवकै भएको बताएका हुन् ।

‘मानवले नै पृथ्वी नाश गर्नेतिर लागेको छ । यसको संरक्षण गर्ने जिम्मा पनि हामि मानव कै हो ।’, मन्त्री सिलवाले भने, ‘मानवहरुले नै मानव बस्न लायतक पृथ्वी बनाउनुपर्दछ ।’

मन्त्री सिलवालले जलवायु परिवर्तनमा न्युनिकरण गर्न सञ्चारकर्मीहरुलाई जिम्मेवार भएर काम गर्न आग्रह गरे । वन तथा वातावरण मन्त्रालयले प्लाष्टिक रहित जिल्ला अभियान सुरु गर्नुका साथै जलवायु परिवर्तनलाई रोक्न विभिन्न योजनाहरु बनाएर काम अगाडि बढाईएको बताए ।

कार्यक्रममा जलवायु परिवर्तनका सवालहरु र यिनको संवोधनका लागि नेपालको प्रयासका बारेमा मन्त्रालयका सचिव केदार बरालले प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणमा सचिव बरालले नेपालले सन २०३० सम्ममा ४५५ जंगलको संरक्षण गर्ने प्रतिबद्दता गरेको बताए । प्रदेशतर्फ वातावरण संरक्षण ऐन २०७७ लागु भएको र बागमती प्रदेश सरकारले यस आर्थिक बर्षका लागि जलवायु परिवर्तन न्युनिकरण गर्न ३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको उनको भनाई छ ।

उनले बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले एक जिल्ला प्लाष्टिक मुक्त एक वडा अभियान प्रदेश सरकारले सुरु गर्ने नीति तथा योजनामा समावेश गरेको बताए ।

त्यसैगरी, कार्यक्रममा नेपालमा जलवायु परिवर्तनले पारेका प्रभावहरु र बागमती प्रदेशमा जलवायुजन्य प्रकोपको अवस्था, जोखिम, चुनौतिहरुको सम्बन्धमा वन अधिकृत राधिका शर्माले प्रस्तुतीकरण दिएका थिए ।

उनले हरितगृह ग्याँसको उत्सर्जन विश्वमा सन १९७४ देखि सुरु भएको र जलावायु परिवर्तन मानवीय कार्यबाट सिर्जित समस्या भएको दाबी गरिन् । सन १९७१ देखि २०१४ को तथ्याकले विश्वमा तापक्रम बृद्धि भइरहेको अवस्था रहेको भन्दै अधिकतम तापक्रम प्रति बर्ष सबैभन्दा बढि रसुवामा ० दशमलव ०६९ डिग्रि सेल्सियस बढेको बताईन् ।

त्यसैगरी, न्युनतम तापक्रम प्रतिवर्ष सबैभन्दा बढि चितवनमा ० दशमलव ०२५ डिग्री सेल्सियस बढ्नुका साथै दोलखा र काठमाडौंमा प्रतिबर्ष ० दशमलव ००२ डिग्री सेल्सियसले घट्दो प्रवृत्ति देखिएको छ ।

बागमती प्रदेशमा जलवायु न्युनिकरण सम्बन्धमा आर्थिक वर्ष २०८१/०८२ देखि ०८५/०८६ देखि सुरु भएको र वन ऐन २०७६, वातावरण संरक्षण ऐन २०७७ निति तथा कार्यक्रमहरु राखेको जनाएको छ ।

त्यस्तै, कार्यक्रममा वन व्यवस्थापन तथा जैविक विविधता संरक्षण महाशाखा प्रमुख शिव सापकोटाले जलवायु वित्तका सम्वन्धमा प्रस्तुतीकरण दिएका थिए । बागमती प्रदेशमा ६ वटा हरित गृह ग्याँस रहनुका साथै पेरिस सम्झौता २०१५ अन्तर्गत विश्व समुदायले सन २१०० भित्रमा १ दशमलव ५ डिग्रि तापक्रमलाई न्युनिकरण गर्ने जनाए ।

जलवायु फन्डबाट नेपालमा २७ वटा कार्यक्रमहरु संचालन भईरहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.