त्रिभुवन राजपथको लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड दुई दिन बन्द हुने

हेटौँडा । त्रिभुवन राजपथ अन्तर्गत पर्ने मकवानपुरको लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा दुई दिन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सार्वजनिक सूचना जारी गर्दै सडक मर्मत तथा खतरनाक भूस्खलन क्षेत्रको सुधार कार्यका लागि सो सडकखण्डमा अस्थायी रूपमा सवारीसाधन आवागमन रोक्न लागिएको जानकारी दिएको हो।

जिल्लाको राँगी भञ्ज्याङ नजिकै पर्ने सो सडकखण्डमा भर्खरैको अविरल वर्षापछि उत्पन्न भूस्खलनले सवारी आवत–जावतमा कठिनाइ सिर्जना भएपछि आवश्यक सुरक्षाका उपायस्वरूप उक्त निर्णय गरिएको हो।

सडक डिभिजन कार्यालय, हेटौँडाको सिफारिसअनुसार यहि असार १३ र १४ गते दुई दिन बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म पाँच घण्टाका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द रहने प्रशासनले जनाएको छ।

यस अवधिमा यात्रु गाडी, मालवाहक सवारी तथा अन्य साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा मर्मत सकिएपछि मात्रै यात्रा तय गर्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.