जिल्ला प्रशासन कार्यालय मकवानपुरको राष्ट्रिय परिचयपत्र शाखा अब बिहानैदेखि खुल्ला रहने

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरको राष्ट्रिय परिचयपत्र शाखा अब बिहानैदेखि खुल्ला रहने भएको छ । प्रशासनले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।

जारी सूचना अनुसार, राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गराउन एवम् तयार भई आएको राष्ट्रिय परिचयपत्र कार्ड लिन आउने सेवाग्राहीहरूको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सीमित जनशक्तीय क्षमता अनुरूप दैनिक बढी भन्दा बढी सेवाग्राहीहरूलाई छिटो छरितो तवरले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रदान गर्न बिहानैदेखि राष्ट्रिय परिचयपत्र शाखा खुला गर्न लागिएको हो ।

उक्त नियम भोलि जेठ २६ गतेदेखि लागू हुने प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेले जारी गरेको सूचनामा उल्लेख छ । सूचनामा बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म राष्ट्रिय परिचयपत्र शाखा खुला रही राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह गरिने भनिएको हो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.